देश/प्रदेश
कोरानाविरुद्ध लड्न सार्क राष्ट्र एकजुटः आपतकालिन कोष निर्माण, भारतले दियो १० मिलियन डलर
०

काठमाडौं, चैत २–
विश्वभर माहामारीको रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क राष्ट्रहरु एकजुट भएका छन् ।
कोभिड–१९ विरुद्ध लड्न आपतकालिन कोष समेत बन्ने भएको छ । जसका लागि भारतले सुरुवातमै १० मिलियन अमेरिकी डलर दिने घोषणा गरेको छ । भिडियो कन्फ्रेन्सको अगुवाई गरेका भारतीय प्रधानमन्त्रीले आपतकालिन कोष बनाउने घोषणा गर्दै कोषका लागि रकमको घोषणा गरेका थिए ।
यो कोषमा सार्क देशले रकम जम्मा गर्न सक्ने र यो रकम कोरोनाको रोकथाम, उपचार र अनुसन्धानमा खर्च हुने मोदीले बताएका छन् । सो प्रस्तावमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























