अन्तर्राष्ट्रिय
भारतः काँग्रेसका ६ विधानसभा सदस्यको राजीनामा स्वीकृत
०

भोपाल, चैत २ –
भारतको मध्यप्रदेश राज्यका सभामुख नर्मदाप्रसाद प्रजापतीले विधानसभाका छजना सांसदको राजीनामा स्वीकृत गरेका छन। उनीहरु सबै भारतीय राष्ट्रिय काँग्रेसका हुन् ।
काँग्रेसका इमर्ती देवी, तुल्सी सिलावात, प्रधुमन सिंह टोमर, महेन्द्रसिंह सिसोदिया, गोविन्द सिंह राजपूत, र प्रभूराम चौधरीले पार्टी परित्याग गरेपछि काँग्रेसको अनुरोधमा उनीहरुको राजीनामा स्वीकृत भएको हो ।
उनीहरुलाई केही समय अगाडि राज्य सरकारको मन्त्रिपरिषद्बाट हटाइएको थियो ।
काँग्रेसका अन्य २२ जना विधायकले पनि पार्टीबाट राजीनामा दिइएको घोषणा गरेका छन् ।
ती सांसदहरुको घोषणासँगै मुख्यमन्त्री कमलनाथ नेतृत्वको प्रदेश सरकार सङ्कटमा परेको छ ।रासस/एएनआई
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























