खेलकुद
कोरोनाको सित्तैमा उपचार गर्न फुटबल स्टार रोनाल्डोले आफ्ना होटललाई बनाए अस्पताल
०

काठमाडौं चैत २
फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्ना होटल र रेस्टुरेन्टलाई अस्पतालमा रुपान्तरण गरेका छन्। जसमा कोरोना भाइरस संक्रमितको सित्तैमा उपचार हुने बताइएको छ।
कोरोनाको संक्रमण फैलँदै जाँदा विश्व खेलकुद गतिविधि प्राय ठप्प छन्। ठूला लिग फुटबलहरु रोकिएका छन्।
१ सय ३५ देशका विभिन्न क्षेत्रमा फैलिएको कोरोनाका कारण विश्वमा १ लाख ४२ हजार ५ सय ४९ जनामा संक्रमण देखिइसकेको छ। जसमा ५ हजार ३ सय ९३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
यस्तोमा रोनाल्डोले पोर्चुगलमा रहेका आफ्ना होटलमा कोरोना संक्रमितको सित्तैमा उपचार गर्ने बताएका हुन्। डाक्टर र औषधीमा लाग्ने खर्च पनि रोनाल्डो आफैले ब्यहोर्ने स्पेनिस सञ्चार माध्यमले जनाएका छन्।
रोनाल्डोले सामाजिक सञ्जालमा सबैका लागि कोरोनाको जोखिममा एकजुट भएर सामना गर्न आग्रह पनि गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























