समाचार
संसदमा कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संकल्प प्रस्ताव
०

काठमाडौं, फागुन २९-
भारतले आफ्नो नक्सामा समावेश गरेको नेपाली भूमि लिम्पियाधुरासहित कालापानी क्षेत्र फिर्ता ल्याउन माग गर्दै प्रतिनिधिसभामा दर्ता भएको संकल्प प्रस्तावमाथि आज छलफल हुँदैछ ।
कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुँने छ ।
बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा सांसद खगराज अधिकारीले संकल्प प्रस्ताव पेश गर्न लागेका हुन् । सो प्रस्तावको समर्थक नेकपाकै सांसद रामकुमारी झाँक्री छिन् । प्रस्तावमा कालापानी क्षेत्रमा रहेका भारतीय सेना हटाउनुपर्ने उल्लेख छ ।
प्रतिनिधिसभाको बैठक बिहीबार बिहान बस्दै छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा यो संकल्प प्रस्तावलाई पनि राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























