अन्तर्राष्ट्रिय

कोरोना फैलिने डरले इरानमा ५४ हजार बढी कैदी रिहा गरियो

Banner

एजेन्सी,फागुन २१-

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ । चीन पछि सवैभन्दा बढी प्रभावित इरान बनेको छ । इरानमा कोरोनाभइरसबाट दुई साताको अवधिमै ७७ जनाको ज्यान गइसकेको छ ।

इरानमा कोरोनाको संक्रमण महामारीका रुपमा फैलिएपछि इरानले ५४ हजार भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरेको छ । इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड-१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।

पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका “सुरक्षासँग सम्बन्धित कैदीहरू”लाई भने छाडिएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>