देश/प्रदेश

जनताको स्वास्थ्य जिम्मा सरकारले लिन्छ :स्वास्थ्यमन्त्री ढकाल

Banner

घोडाघोडी, फागुन २०-

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनताको स्वास्थ्यको जिम्मा सरकारले लिने बताएका छन। कैलालीको गौरीगङ्गा नगरपालिका–२ चौमालामा आजबाट नगरपालिकाको आयोजनामा शुरु भएको स्वास्थ्य महोत्सवको उद्घाटन समारोहमा मन्त्री ढकालले सरकार जनताको स्वास्थ्यका विषयमा निकै गम्भीर भएको बताए।

मन्त्री ढकालले औषधि खरिद प्रक्रियामा देखिएको अनियमितता रोक्न आफूले पहल गरेको बताए । उनले औषधि खरिद तिन तह मध्ये जुनसुकै सरकारले गरे पनि मूल्यमा फरक नपर्ने गरी खरिद हुने प्रक्रियाको थालनी गरेको बताए ।

मन्त्री ढकालले सरकारी अस्पतालको सेवा सुविधाका विषयमा केही समयसम्म व्यापक गुनासो आउने गरेको भए पनि अहिले गुनासोमा कमी आएको बताए । तर अझै पनि कतिपय सरकारी अस्पतालका चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा निजी क्लिनिकमा मात्र पाइने औषधि सिफारिस गर्ने गरेको सुन्नमा आएकोले त्यस्तो गर्ने चिकित्सकलाई सरकारले कारवाही गर्ने बताए।

मन्त्री ढकालले कोरोना भाइरसवाट आजका दिनसम्म नेपाल मुक्त रहेको तर सावधानी अपनाएर बस्नुपर्ने बताए ।
स्वास्थ्य महोत्सव २४ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीयले निःशुल्क विशेषज्ञ सेवा प्राप्त गर्ने गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>