समाचार

प्रचण्डलाई जुत्ता हान्ने तिरुवालाई मुद्दा चलाउने तयारी

Banner

काठमाडौं, फागुन १९-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर भएको जुत्ता प्रहारको घटनाबारे छानबिनका लागि एक जना प्रहरी वरिष्ठ अधिकृतको नेतृत्वमा समिति गठन भएको छ ।

जुम्लाका २२ वर्षीय युवा रतन तिरुवाले आइतबार राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए ।

उपत्यकामा हुने विशेष प्रकृतिको अपराध अनुसन्धान गर्ने जिम्मेवारी पाएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।

घटनाको छानविन गर्न एसएसपीको नेतृत्वमा समिति बनाएको र सोमबार अदालतमा म्याद थप गर्ने तयारी गरेको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको छ ।

समितिले प्रकरणबारे छानबिन सकेर तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>