देश/प्रदेश

प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुँदै, पर्सि मिर्गौला प्रत्यारोपण गरिने

Banner

काठमाडौं, फागुन १८–

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणको लागि आज अस्पताल भर्ना हुँदैछन् ।

उनी आजै दिउँसो महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुन लागेको हुन् । उनको पर्सि (बुधबार) मिर्गौला प्रत्यारोपण गरिने छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>