देश/प्रदेश

चीनका लागि नेपाली राजदूत पौडेललाई सरकारले फिर्ता बोलायो, पाण्डे नयाँ राजदूत

Banner

काठमाडौं, फागुन १८–

सरकारले छिमेकी मुलुक चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आज (आइतबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको हो । पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । अब उनको स्थानमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ ।

यस विषयमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति दिएको बताईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>