देश/प्रदेश
नेपालमा कोरोनाको आशंका, दुई जना अस्पताल भर्ना
०

काठमाडौं, फागुन १८–
छिमेकी मुलुक चीनमा भयाबह बनेको कोरोना भाइरसको संक्रमण नेपालमा समेत आशंका गरिएको छ ।
कोरोनाको संक्रमणको आशंकामा दुई जना व्यक्तिलाई काठमाडौंको टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार अस्पताल भर्नाका दुवै जना चीन र दक्षिण कोरियाबाट फर्केका नेपाली हुन् । अहिले ती देशमा कोरोनाको संक्रमण भयाबह बन्दै गइरहेको छ । अस्पताल भर्ना भएका दुवै पुरुषहरुलाईृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृ आइसोलेसन वार्डमा राखिएको छ ।
एक जनालाई हिजो र एक जनालाई आज आइसोलेसन वार्डमा राखिएको डा.बाँस्तोलाले बताए । उनीहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि आइसोलेसनमा राखेर जाँच गर्न खोजिएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























