गण्डकी

नवलपुरको देवचुलीमा किशोरी सशक्तिकरण कार्यक्रम

Banner

नवलपुर, फागुन १८-

किशोरकिशोरीको चौतर्फी विकासको लागि नवलपुरको देवचुली नगरपालिकामा जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी सशक्तिकरण कार्यक्रम गरेको छ ।

कार्यक्रमअन्तर्गत भएको वडा नं. ७ का विभिन्न सरोकारवालाले सो कुरा बताएका हुन् । किशोर तथा किशोरीलाई अवसर र अधिकारहरु प्रदान भएको तर आजकल उनीहरुमा कर्तव्यबोध गराउन नसकिएकोले पनि केही समस्याहरु आएकोले सम्बन्धित निकायहरुले यो तर्फ ध्यान दिनका लागि वडाका सरोकारवालाले जनप्रतिनिधिलाई समेत सजग गराए ।

वडा बाल सञ्जाल वडा नं. ७ की अध्यक्ष सुप्रिया गाहाले केही किशोरकिशोरी खराब कार्यमा लागेको कारणले गर्दा पनि राम्रो अवसरमा अन्य सहभागी हुनको लागि सकरात्मक सोचले नहेर्ने भएकोले समाजले किशोर किशोरी प्रति गरिने व्यवहार र सोच परिवर्तन गर्नको लागि जोड दिए । विद्यालयमा दैनिक जसो समस्याहरु आउने गरेको र केही कारणहरु सांस्कृतिक बिचलनसमेत देखिएकोले यसको समाधानको लागिसमेत समुदायस्तरसम्म नियमित रुपमा कार्यक्रम सञ्चालन आवश्यक देखिएको कुरा भिमसेन माध्यमिक विद्यालयका शिक्षिका निर्मला काफ्लेले बताइन् ।

किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा समुचित शिक्षा प्रदान गर्न नसकिएकोले आगामी दिनमा नगरपालिका र संस्थाहरुले एकीकृतरुपमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा किशोरकिशोरीहरु र अभिभावकलाई सिकाउनुपर्ने देवचुली स्वास्थ्यचौकीका देविप्रसाद भुसालले बताए । सानो उमेरमा नै गर्भपतनको समस्या र विवाहको दर बढेको साथै असुरक्षित यौन सम्पर्कको दर वृद्धिले समेत यसको बारेमा अभियानहरु सञ्चालन आवश्यक देखिएको कुरा उनले बताए ।

कार्यक्रममा वडाभित्रका ४० बढीको सहभागिता रहेको र वडा अध्यक्ष भूपराज पाठकले आएका सम्पूर्ण सुझावको ग्रहण गर्दै तत्काल सम्बोधन गर्न सकिने कार्यहरु र दिर्घकालिन रुपमागर्न सकिने कार्यहरु छुट्याएर आगामी आर्थिक वर्षबाट बजेटको व्यवस्थापन गरी यो अभियानलाई घरघरमा पु¥याउने र यसको लागि सबै संस्थाबाट समेत सहयोगको अपेक्षा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>