देश/प्रदेश

चीन गएको पाइलटसहितको टोली सबै कोरोनामुक्त भएको पुष्टि

०
Banner

काठमाडौं, फागुन १८–

नेपालीहरुलाई उद्धारका लागि चीनको वुहान पुगेको नेपाल एयरलाइन्सका पाइलटसहित चालक दलका सदस्यहरुलाई कोरोना नभएको पुष्टि भएको छ । नेपाल एयरलाइन्स १ सय ७५ जना नेपालीको उद्धारका लागि चीनको वुहान पुगेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आइतबार प्राप्त स्वास्थ्य परीक्षण रिपोर्टमा पाइलटसहितका चालक दलहरुलाई कोरोना संक्रमण नदेखिएको जानकारी दिए ।

पाइलट र चालक दलका सदस्य गरी १८ जनालाई नगरकोटस्थित खानेपानी मन्त्रालयको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>