देश/प्रदेश

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने यी हुन् युवा

०
Banner

काठमाडौं, फागुन १८–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने व्यक्ति पूर्व लडाकुका छोरा भएको  खुलेको छ ।

आज राष्ट्रिय सभागृहमा प्रचण्डमाथि अपरान्ह जुत्ता प्रहार गरिएको थियो । प्रचण्डलाई जुत्ता प्रहार गर्नेमा युवक रतन तिरुवा रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जुत्ता प्रहार गर्ने व्यक्ति तिरुवा भएको पुष्टि गरेका छन् । २२ वर्षीय  युवक तिरुवाको घर जुम्ला रहेको बताइएको छ ।

युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

राष्ट्रिय सभागृहमा भरतमोहन स्मृति प्रतिष्ठानको आयोजनामा कार्यक्रम भएको थियो । सो कार्यक्रमको प्रचण्ड प्रमुख अतिथि थिए । उनलाई मञ्चमा नै जुत्ता प्रहार भएपछि केहीबेर सभागृह असान्त बनेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>