अन्तर्राष्ट्रिय
४८ देशमा फैलियो कोरोना भाइरस, २८ सय जनाको मुत्यु
०

काठमाडौँ, फागुन १५-
चीनको वुहानबाट सुरु भएको ‘कोभिड १९’ अर्थात् कोरोना भाइरसका कारण २८ सय चार जनाको ज्यान गएको छ । कोरोना भाइरस ४८ देशमा फैलिएको छ ।
८२ हजार एक सय ६६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म चीनमा दुई हजार सात सय ४७ जनाको ज्यान गएको छ ।
चीनपछि इरानमा सबैभन्दा धेरै १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई–दुई तथा ताइवान र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ ।
चीनमा गएको २४ घण्टामा थप ३२ जनाको ज्यान गएको छ भने चार सय ३५ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै दक्षिण कोरियामा थप एक जनाको ज्यान गएको र तीन सय ३४ जनामा सङ्क्रमण देखिएको छ ।
अहिलेसम्म चीनमा मात्रै ३२ हजार पाँच सय सात जना र चीनबाहिर तीन सय १० जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























