चितवन विशेष
युनाइटेड टेक्निकल कलेजमा इन्जिनियरिङतर्फ स्नातक तहमा पढ्ने अवसर

चितवन, असार १७–
भरतपुर महानगरपालिका वडा नं.११ मा रहेको युनाइटेड टेक्निकल कलेज (यु–टेक कलेज)मा इन्जिनियरिङ स्नातक कार्यक्रमहरूमा पढ्ने अवसर खुलेको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युटेक कलेजले शैक्षिक सत्र २०८३÷८४ का लागि इन्जिनियरिङतर्फका स्नातक ( )कार्यक्रमहरूमा पढ्ने अवसर खुलेको हो । गुणस्तरीय प्राविधिक शिक्षा, आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक तथा विद्यार्थीमैत्री शैक्षिक वातावरणका साथ कलेजले दक्ष, सक्षम र प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्दै आएको छ।
स्नातक पढ्नका लागि कलेजले प्रवेश परीक्षाको मिति तय गरेको छ । असार २२ गते सोमबार दिउँसो १ बजे प्रवेश परीक्षा लिइने कलेजले जनाएको छ ।
यो कलेजको विभिन्न विशेषताहरु रहेका छन् । शतप्रतिसतसम्म छात्रवृत्तिको अवसर, पोखरा विश्वविद्यालयको पाठ्यक्रममा आधारित गुणस्तरीय शिक्षा, आधुनिक प्रयोगशाला तथा अत्याधुनिक शैक्षिक पूर्वाधार, अनुभवी तथा दक्ष प्राध्यापकद्वारा अध्यापन, उद्योग तथा रोजगारीमुखी शिक्षण प्रणाली, अनुसन्धान, नवप्रवर्तन तथा व्यावहारिक सिकाइमा विशेष जोडलगायतका विशेषता छन् ।
इन्जिनियरिङ स्नातक पढ्नका लागि सिट सिमित रहेकोले बेलैमा सम्पर्क गर्न कलेजले आग्रह गरेको छ । कलेजले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘इन्जिनियरिङ क्षेत्रमा उज्ज्वल भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षामा सहभागी भई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गर्दछौं ।’
यस्ता छन् कलेजमा उपलब्ध कार्यक्रमहरूः
B.E. Civil Engineering: ९६ सिट
B.E. Computer Engineering: ४८ सिट
B.E. Information Technology (IT): ४८ सिट
B.E. Electrical & Electronics Engineering: ४८ सिट



























