खेलकुद

आफुभन्दा १० बर्ष कान्छो रोनाल्डो !

Banner

चितवन, माघ १८-

अधिकांश फुटबलरको फर्म ३० वर्ष नाघेपछि खस्कँदै जान्छ । पोर्चुगलका कप्तान क्रिस्ट्रियानो रोनाल्डो अपवादमध्येका एक हुन् । ३४ वर्षको उमेरमा उनी पोर्चुगल र इटालियन सिरिए क्लब युभेन्टसका प्रमुख खेलाडी छन् ।

पछिल्लो समय बिश्व चर्चित खेलाडी तथा पोर्चुगिजका स्टार क्रिस्टियानो रोनाल्डो निकै चर्चामा छन् । उनले हालसम्म सामाजिक सञ्जाल इन्स्टाग्राममा २० करोड फलोअर कमाइसकेका छन् । उनी अहिले इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर हुने व्यक्ति बनेका छन् ।

बिश्वमै चर्चाको शिखरमा पुगेका रोनाल्डो बेलाबेलामा आफ्नो फिटनेसका कारण पनि चर्चामा आउने गर्छन् । ३४ वर्ष उमेर पुगेका रोनाल्डोको शरिरको बायोलोजिकल उमेर भने २३ वर्षका युवाको बराबरको रहेको बताइन्छ ।

उनी आफ्नो दिमागलाई फ्रेस राखि राख्ने गर्छन् । दिनभरमा ६ पटकमात्र खानेकुरा खान्छन् । दिनमा लन्च २ पटक र डिनर २ पटक गर्छन् । उनले फल, सलाद, तरकारी, मोटो अन्न, अण्डा र चिकेन खाने गर्छन् । कुनै पनि खेल खेलेपछि उनी ३० मिनेट पौडी खेल्ने गर्छन् । साथिहरुसँग र परिवारसँग धेरैजसो बस्ने गर्छन् ।

आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर मिहिनेत गर्नु रोनाल्डोको विशेषता हो । म्यानचेस्टर युनाइटेडमा स्थापित हुनुअघि रोनाल्डोले घन्टौँसम्म अभ्यासमा बिताउँथे । स्टार बन्नुअघि अन्य खेलाडीले पनि यस्तै गर्छन् । तर, रोनाल्डो स्टार बनिसकेपछि आफ्नो छवि कायम गर्ने मामिलामा थप सचेत देखिए ।

उनी अन्य खेलाडीजसरी नियमित नाइट क्लब जाँदैनन् । गइहाले पनि मदिरा सेवन गर्दैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>