क्रिकेट

ईपीएल खेल्न क्रिस गेल नेपाल आउने

Banner

काठमाडौं, माघ १६ ।

वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)ले नेपालमा क्रिकेट खेल्ने भएका छन् ।

उनले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । बिहिबार पोखरा राइनोजले पत्रकार सम्मेलन गर्दै गेलले खेल्ने जानकारी गराएको हो ।

गत सिजन पोखराबाट दक्षिण अफ्रिकाका रिचर्ड लेभीले खेलेका थिए । यसअघि नै भैरहवा ग्लाडिएटर्सले वेष्ट इन्डिजका ड्वाने स्मिथलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकन उपुल थरंगा र चितवन टाईगर्सले अफगानिस्ताका मोहमद शाहजादलाई अनुबन्ध गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>