चितवन विशेष

आरम्भ कलेज BHM र BITM मा पुनः जिल्ला टपर

Banner

चितवन, असार १४–

चितवनको भरतपुर–११ स्थित आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्न सफल भएको छ ।

उत्कृष्ट नतिजा निकाल्दै जिल्लामै आफ्नो अलग पहिचान स्थापित गरेको यस कलेजले निरन्तर सफलता हात पार्दै आइरहेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजका विद्यार्थीहरूले BHM तथा BITM चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट SGPA ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् ।

BHM चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ SGPA सहित जिल्ला प्रथम स्थान हासिल गरेकी छन् । त्यसैगरी नेबिका मैनालीले ३.८३ SGPA ल्याउँदै जिल्ला दोस्रो तथा ङवाङ बामजान तामाङले ३.८० SGPA सहित जिल्ला तेस्रो स्थान हासिल गरेका छन् ।
यस्तै BITM चौथो सेमेस्टरतर्फ ओजस्वी आचार्यले ३.८३ SGPA सहित जिल्ला प्रथम बन्न सफल भएकी छन् भने अङ्गिता अधिकारीले ३.८१ क्न्एब् सहित दोस्रो र बिपल श्रेष्ठले ३.७४ SGPA सहित जिल्ला तेस्रो स्थान प्राप्त गरेका छन् ।

कलेजले छोटो समयमै निरन्तर उत्कृष्ट नतिजा निकाल्दै चितवनमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको छ । अनुभवी शिक्षक, व्यावहारिक शिक्षण प्रणाली, आधुनिक पूर्वाधार तथा विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीहरूले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको कलेजका प्रीन्सिपल सुरज शिवाकोटीले जानकारी दिनुभयो ।

भरतपुरस्थित कलेजले होटल म्यानेजमेन्ट तथा सूचना प्रविधि व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । विद्यार्थीहरूको पछिल्लो उपलब्धिले कलेजको शैक्षिक गुणस्तर थप पुष्टि गरेको सरोकारवालाहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>