रोचक

हाम्रो शरीरका रोचक कुराहरू !

Banner

एजेन्सी, १३ माघ

हाम्रो दिमाग दिनमा भन्दा रातमा बढी सक्रिय हुन्छ । किन यसो हुन्छ भन्ने वैज्ञानिकहरूले अझैसम्म पत्तो पाएका छैनन् । जुन व्यक्तिको आईक्यू स्तर बढी हुन्छ उसले धेरै सपना देख्छ । धेरै सपना देख्नुको मतलब उसले आफ्नो सपना धेरै याद हुनु हो । पुरुषहरूको अनुहारमा रौं शरीरका अन्य भागमा भन्दा धेर छिट्टो बढ्छ ।

हाम्रो शरीरका हामीले नै थाहा नपाएका रोचक कुराहरूः

-हाम्रो नाकले करीब ५० हजार किसिमको गन्ध सुँघ्न सक्छ जबकि हाम्रा आँखाहरूले एक करोड रंग चिन्न सक्छन् ।

-सुन्दा आश्चर्य लाग्ला तर सोमवारको दिन हृदयघातको खतरा सबभन्दा बढी हुन्छ । एक सर्वेक्षण अनुसार करीब २० प्रतिशत मानिसको मृत्यु अरू दिनभन्दा पनि सोमवार हृदयघातका कारण भएको थियो ।

-धेरजसो रोगहरू तनावका कारण हुन्छन् । अध्ययनहरूले ९० प्रतिशत रोग तनावका कारण हुने देखाएका छन् ।

-महिलाको तुलनामा पुरुषको शरीरमा रगतको मात्रा बढी हुन्छ । पुरुषहरूको शरीरमा ६।८ लिटर रगत हुन्छ भने महिलाहरूको जम्मा पाँच लिटर रगत हुन्छ ।

-बिहान तीनदेखि चार बजेको समयमा हाम्रो शरीर सबभन्दा कमजोर अवस्थामा हुन्छ । यसैले यस समयमा सबभन्दा बढी हृदयघात हुन्छ ।

-चर्को आवाज आउँदा हाम्रा आँखाका नानी चौडा हुन्छन् ।

-जन्मपछि हाम्रा आँखाहरूको आकार बढ्दैन जबकि नाक र कान जिन्दगीभरि बढिरहन्छन् ।

-हाम्रो आँखाको कोर्नियासम्म रगत पुग्दैन । त्यसैले कोर्नियाले अक्सिजन सिधै हावाबाट लिन्छ ।

-हरेक मनुष्यको एउटा आँखा तेज र अर्को आँखा कमजोर हुन्छ ।

– हाम्रो पेटमा भएको एसिडले ब्लेड पनि पचाइदिन्छ ।

-हाम्रो हातको माझी औंलोको नङ अरू औंलाभन्दा छिट्टो बढ्छ ।

-धेर खाना खाएपछि हाम्रो सुन्ने क्षमता कम हुन्छ ।

-एक सर्वेक्षण अनुसार पुरुषलाई महिलाभन्दा बढी बाडुली आउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>