चितवन विशेष
म्याजिकमा राखिएका मुढा चितवन ट्राफिकले गर्योे जफत

निशा श्रेष्ठ,
चितवन माघ १३ –
जिल्ला ट्राफिक कार्यालय चितवनले म्याजिक गाडीमा राखिएका मुढा जफत गरेको छ । म्याजिकको सिट क्षमता भन्दा धेरै यात्रु राख्ने गरेको जनगुनासो आएपछि ट्राफिकले म्याजिकमा राखिएका मुढा जफत गरेको हो । म्याजिकमा मुढामा समेत राखेर यात्रा गराइने गरिएको छ ।
भरतपुर महानगरभित्र चल्ने म्याजिक गाडीमा पहिलो चरणको कारवाही स्वरुप २५० वटा मुडा नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक कृष्णज्यू ठकुरीले जानकारी दिनुभयो । उहाँले म्याजिकमा छड्के चेकजाँच नियमित भइरहने बताउनुभयो ।
ठकुरीले भन्नुभयो, ‘पहिलो चरणमा सचेतनाका लागि मुढा नियन्त्रणमा लिएका हौं,फेरी गल्ती दोहो¥याए थप कारवाही गछौ ।’ चितवनमा दैनिक १५० भन्दा बढी सवारीसाधन ट्राफिक प्रहरीको कारवाहीमा पर्ने गरेका छन् । जसमा ७० प्रतिशत म्याजिक नै रहेको उहाँले बताउनुभयो । ट्राफिकले विभिन्न समयमा म्याजिकको मुढा नियन्त्रणमा लिएपनि राख्नेक्रम भने रोकिएको छैन् ।

























