देश/प्रदेश

काठमाडौँका ६ युवा ५० लाख लुटेर गर्लफ्रेन्डसँग डेटिङ

Banner

काठमाडौं, माघ १२-

काठमाडौंको काभ्रेस्थलीबाट पूर्वसैनिकको ५० लाख रकम लुटपाटमा संलग्न ६ जनालाई काठमाडौँ प्रहरीले आज सार्वजनिक गरेको छ ।

सो समूहले शुक्रबार बिहान बहुमुल्य धातु र जमिन दिलाइ दिने भन्दै भगवानपाउँका ६३ वर्षीय बच्चुराम गुरुङबाट ५० लाख रुपैयाँ लुटेका थिए । महाशाखाका एसएसपी सहकुल बहादुर थापाका अनुसार लुटेरा समूहका बेदबहादुर तामाङ र तेञ्जिङ बहादुर तामङसंग बच्चुरामको झण्डै २० दिनअघि चियाँपसलमा चिनजान भएको थियो । बच्चु घरजग्गा कारोबारमा संग्लन व्याक्ति हुन् । आँखामा खुर्सानीको धुलो छर्किएर फिल्मी शैलीमा रकम लुटेर भागेको एसएसपी थापाले बताए ।

लुटिएपछि गुरुङले प्रहरीलाई खबर गरेपछि महाशाखाको टोलीले ४८ घण्टाभित्र उनीहरुलाई पक्राउ गरेको थियो । महाशाखाका एसपी मुकेश सिहंले लुटेराहरुको रकम लुटेपछि मोटरसाइकल किन्ने, ऋण तिर्ने र गलफ्रेन्डलाई घुमाउन खर्च गरिएको देखिएको छ । उनीहरुबाट प्रहरीले १८ लाख ७५ हजार ५०० मात्रै बरामद गरेको छ । अन्य रकम उनीहरुले खर्च गरिसकेको खुलेको छ ।

पक्राउ पर्नेमा काठमाडौं मित्रनगर बस्दै आएका ३८ वर्षीय भीम बहादुर घर्तीमगर, काभ्रेस्थली बस्दै आएका ३० वर्षीय नकुर तामाङ, तारकेश्वर डाडाँगाउँ बस्दै आएका ३८ वर्षीय दावा छिरिङ तामाङ, रामेछाप मन्थली पुरानागाँउका ३६ वर्षीय कुमार बहादुर बुढाथोकी, काभ्रेस्थलीका ३६ वर्षीय तेन्जिङ बहादुर तामाङ र गंगबुका २८ वर्षीय संजित वाइवा छन् ।

पक्राउ परेकाहरु सबै गुण्डागर्दी र लुटपाटमा यसअघि पनि संग्लन रहेको खुलेको एसएसपी थापाले बताए । पक्राउ परेकामध्ये सञ्जित वाइवा चार किलो नक्कली सुनसहित धादिङमा पक्राउ परेर एक लाख धरौटीमा छुटेको खुलेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>