देश/प्रदेश

वडा कार्यालय बनाउन निःशुल्क जग्गादान

Banner

बागलुङ,  माघ १०-
गलकोट नगरपालिका–६ को भवन निर्माणका लागि स्थानीयवासीले एक रोपनी दुई आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।
चरौँदीका मानकुमारी उप्रेती, टेकबहादुर उप्रती र तिलक उप्रेतीले करिब रु ५० लाख मूल्य बराबरको जग्गा प्रदान गरेको वडा कार्यालयले जनाएको छ । जग्गा प्राप्तिसँगै भवन निर्माणको काम तत्कालै अघि बढ्ने वडाध्यक्ष नरबहादुर खत्रीले जानकारी दिए । “जग्गाको नामसरी वडालाई आइसक्यो”, उनले भने, “भवन निर्माणका लागि ठेक्काको प्रक्रिया पनि टुङ्गी सकेको छ ।”

वडाको भवन बनाउन चालू आवमा रु ८० लाख बजेट विनियोजन भएको छ । आफ्नै भवन नहुँदा वडा कार्यालय हाल भाडाको कोठाबाट सञ्चालित छ । जग्गादाताले दिएको एक रोपनी दुई आना र एक रोपनी सार्वजनिक जग्गामा भवन बन्ने जनाइएको छ ।
“वडा कार्यालयलाई जग्गा अभाव भएपछि हाम्रो परिवार मिलेर जग्गा दिने निर्णय ग¥र्यौँ”, जग्गादाता तिलक उप्रेतीले भने । मापदण्ड अनुसारको व्यवस्थित र सुविधायुक्त वडा भवन बन्नुपर्नेमा स्थानीयवासीको जोड छ । यसअघि सोही ठाउँमा स्वास्थ्य चौकी भवनका लागि मानकुमारीले एक रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । थप जग्गा व्यवस्थापन गरेर स्वास्थ्य चौकी भवन निर्माणको काम अगाडि बढाउने वडाको योजना छ । जग्गा अभावमा जिल्लाका कतिपय वडाका कार्यालय भवन, स्वास्थ्य चौकीजस्ता भौतिक संरचना निर्माणमा ढिलाइ भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>