देश/प्रदेश

दाङमा चक्कु प्रहारबाट बुहारीको हत्या

Banner

दाङ, माघ ९-

नातीलाई सँगै सुत्न नपठाएको भन्दै बुधबार राति दाङ्गमा एक वृद्धले बुहारीको हत्या गरेका छन् ।

दाङको गढवा गाउँपालिका– ४, रामनगरका ६५ वर्षीय कुलमान योगी कुँवरले आफ्नै २७ बर्षीया बुहारी बसन्ता योगी कुँवरको पेट, ढाड र छातीमा निर्मम ढङ्गले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी बसन्तालाई तत्कालै उपचारका लागि कोहलपुर अस्पताल लगिएपनि डाक्टरले बुधबार राति ११ बजे नै मृत घोषणा गरेका हुन् । बुहारीको हत्या अभियोगमा कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>