चितवन विशेष
भरतपुरमा माघ ९ गते एक्सपर्टको शैक्षिक मेला हुँदै

चितवन, माघ ७-
अष्ट्रेलियन शैक्षिक प्रणालीको बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी दिन एक्सपर्ट एजुकेसन तथा भिसा सिर्भिसेसले भरतपुमा शैक्षिक मेला गर्ने भएको छ ।
पर्सी माघ ९ गते भरतपुरको गार्डेन रिसोर्टमा हुने मेलामा अष्ट्रेलियाका आठवटा विश्वविद्यालय तथा क्याम्पसका प्रतिनिधिहरु सहभागी हुँदै छन् । मेलामा अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयबाट आएका प्रतिनिधिले विद्यार्थी तथा अभिभावकलाई त्यहाँको शैक्षिक प्रणालीको बारेमा जानकारी दिने एक्सपर्ट एजुकेसन एण्ड भिसा सिर्भिसेसका निर्देशक डिल्लीराम अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । सबैलाई निःशुल्क गरिएको यस मेलामा विद्यार्थीहरुले छात्रवृत्तिका अवसरहरु पनि प्राप्त गर्ने उनले बताए । विश्वविद्यालयका विज्ञहरु नै स्टलमा बस्ने भएकोले अन्य शैक्षिक मेलाहरु भन्दा एक्सपर्टको शैक्षिक मेला फरक भएको उनले बताए ।
नेपाललगायत विश्वका विभिन्न देशमा गरेर ४५ वटा शाखा रहेको एक्सपर्ट एजुकेसन तथा भिसा सिर्भिसेस् नेपालकै एउटा अग्रज शैक्षिक कन्सल्टेन्सी हो । यसले हरेक वर्ष चितवनमा तीनवटा शैक्षिक मेला सञ्चालन गर्दे आइरहेको छ ।























