देश/प्रदेश

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

Banner

राजविराज — पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा सोमबार राति मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको निधन भएको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>