चितवन विशेष

नारायणी नदी किनार प्रदूषित बन्दै, नदीको पानीमाथि नै शौचालय

Banner

निशा श्रेष्ठ

चितवन, माघ ५-

नारायणी नदी किनारैमा शनिबार साँझ एउटा दृश्य आँखै बिझाउने गरि ठोक्कियो । कालो प्लास्टिकले बेरिएको, तल र माथि भने छ्याङग अस्थायी शौचालयमा केही पुरुषहरू एक पछि अर्को शौच गर्दै थिए । ठीक त्यही वरपर केही जमात भने सेल्फी र फोटो लिनमा ब्यस्त देखिन्थे ।
शौचालय महिलाको लागि भने उपयुक्त थिएन साथै वातावरणमैत्री त पटक्कै थिएन ।सो सौचालयबाट आएको दुर्गन्ध टाढा टाढा सम्म महसुस गर्न सकिन्थ्यो। नारायणी नदी किनार वरिपरी सार्वजनिक शौचालय नभएका भने होइनन तर आफुहरुलाई शौचालय टाढा भएकाले बनाएको र प्रयोग भने सबैले गर्ने गरेको रंगमहल रिभरल्याण्ड प्रालिका म्यानेजर हरिनी पोखरेलले जानकारी दिए ।

पछिल्लो समयमा शहर घरहरुले र बजारले साघुँरिँदै गर्दा नारायणी नदी किनारको खुला सार्वजनिक ठाउँ सबैको लागि समय बिताउने उत्तम स्थल बन्दै गइरहेको छ । त्यही अनुरुप व्यवसायिक ठाउँको रुपमा पनि प्रवर्दन हुँदै विकास भइरहेको छ । साना ठूला मेला महोत्सवदेखि महायज्ञसम्मको कार्यक्रमहरु आयोजना गरिने ठाउँ बन्दै गइरहेकोमा यहाँको सरसफाइ व्यवस्थापन भने नाजुक देखिन्छ ।

कतै कुकुरलाई दिसा गराइरहेको दृश्य देखिन्छ भने कतै बदाम खाएर छोडिएको प्लस्टिकका थुप्रो भेटिन्छ । कहीँ पानीका बोटल छरिएका छन् त कहीँ अन्य प्लस्टिकका फोहोर प्याकेटमा फालेको देखिन्छ । कतै प्लास्टिक जलाएर आगो ताप्दै गरेका युवाहरु देखिन्छन् । नारायणी किनारको सरसफाइ एवम् व्यवस्थापन पक्ष भरतपुर महानगरपालिका वडां. १ अन्र्तगत संयुक्त ५ टोल विकास संस्थाले हेर्दै आइरहेको छ । सो संस्थाका अध्यक्ष दिपक शाही ठकुरीले नारायणी नदी वरिपरीको सरसफाइको लागि दैनिक कर्मचारी खटराइरहेको जानकारी दिए । उनले दैनिक बिहान ६ देखि १० बजेसम्म र बेलुका ३ देखि ६ बजेसम्म दैनिक ६ जना कर्मचारी खटिरहेको जानकारी दिए । उनले शौचालय बनाउन आफूले अनुमति नदिएको र तुरुन्तै हटाइने जानकारी दिए । तर, यसरी अस्थायीरुपमा बनाइएको शौचालयले नदी किनारलाई दिनप्रतिदिन प्रदूषित बनाउँदै लगेको छ ।चितवनको गौरव को रुपमा रहेको नारायणी नदी यसरी दिनानुदिन कुरुप हुँदै जानू को प्रमुख कारण बढ्दो व्यवसायीकरण र फोहोर अव्यवस्थापन नै   प्रष्ट देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>