चितवन विशेष

उद्योग वाणिज्य संघ र उद्योग संघका नयाँ कार्यसमितिलाई नेकपा चितवनको सम्मान

Banner

चितवन,माघ ४-

उद्योग वाणिज्य संघ र उद्योग संघ चितवनका नवनिर्वाचित कार्यसमितिलाई नेकपा चितवनले बधाई ज्ञापन तथा सम्मान गरेको छ । शनिवार भरतपुरमा आयोजित कार्यक्रम मार्फत नयाँ कार्यसमितिलाई सम्मान गरिएको हो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्षमा राजु श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल सहित सम्पूर्ण कार्यसमितिका पदाधिकारीलाई सम्मान गरिएको नेकपा चितवनले जानकारी दिएको छ । उद्योग वाणिज्य संघ चितवनको यसबर्षको निर्वाचन पाटीगत रुपमा विभाजन भएको थियो । नेकपाले समर्थन गरेका उम्मेद्वार राजु श्रेष्ठ विजयी भएका थिए । उद्योग संघ चितवनमा भने सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले उद्योगी व्यवसायीले राजनीतिक आस्थाभन्दा माथि उठेर व्यवसायीक हकहितमा काम गर्नुपर्ने बताए । उनले चितवनको विकासमा उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका हुने भन्दै सरकारको अभियानमा साथ दिन आग्रह गरे ।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनालले समाज र राष्ट्र निर्माणमा उद्योगी व्यवसायीसंग सहकार्य अपरिहार्य भएको बताए । चितवन औधोगिक हबका रुपमा विकास हुँदै गएकाले त्यसमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, राष्ट्रियसभा सदस्य पार्वती रावल, बाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश सभा सदस्य विजय सुवेदी, घनश्याम दाहाल अविनाश, प्रदेश कमिटी सदस्य बद्री तिमिल्सीना, नेकपा चितवनका अध्यक्ष यम बहादुर परियार, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला सचिवालय सदस्य तेजेन्द्र खड्काले संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>