देश/प्रदेश
पाप पखालिने भन्दै क्रिस्चियन धर्म प्रचारकले बलात्कार गरेको आरोप
०
काठमाडौं, माघ २-
ललितपुरको कुसुन्तीस्थित क्रिस्चियन धर्मको आशा मण्डलीका पास्टरले एक युवतीको पाप पखालिने भन्दै बलात्कार गरेको आरोप लागेको छ ।
सोमबार बलात्कारको उजुरी परेपछि महानगरीय प्रहरी परिसर ललितपुरले ध्रुबबाबु भनिने विश्वास जोशीलाई पक्राउ गरेको हो ।
पास्टर जोशीले २१ वर्षीया युवतीलाई शारीरिक सम्बन्ध राखे ‘पाप पखालिने’ भनेर पटक–पटक यौन सम्बन्ध राखेको खुल्न आएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष तामाङले बताए । ‘पास्टर बताउने विश्वास जोशीले युवतीलाई धर्मको नाममा प्रलोभनमा पारेर पटक–पटक अनैतिक यौन सम्बन्ध राखेको देखिन्छ,’ उनले भने । जोशीले चर्चभित्र परमेश्वरको प्रार्थना गर्न लगाएर होटलमा लैजाँदै जबरजस्ती करणी गर्ने गरेको खुलेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























