देश/प्रदेश
प्रहरीले ‘तँ’ शब्द प्रयोग गरेको भन्दै गायिका आस्था राउत आक्रोशित ,भिडियो भयो भाइरल

काठमाण्डौ माघ २ –
गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।
झापाको भद्रपुर विमानस्थलमा ड्युटीमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गर्दै ‘तँ’ शब्दको प्रयोग गरेको राउतले बताइन् ।
उनी बुधबार सिक्किम जाने क्रममा ती महिला कर्मचारीले अभद्र व्यवहार गरेको बताउँदै उनले भनिन्, ‘महिलाले महिलाको सम्मान गर्दैन, कलाकारको सम्मान छैन । ‘प्रहरी मेरो साथीु अभियान हटाए हुन्छ।’
एअरपोर्टबाट बाहिरिएपछि राउतले प्रहरी प्रशासनमाथि आक्रोश पोख्दै फेसबुक लाइभमा भनिन्, ‘एअरपोर्टबाट ३३ किलो सुन छिर्छ, दुनियाँ छिर्छ, लागुऔषध छिर्छ । कसैलाई खोल् ज्याकेट भन्ने हो ? राम्रोसँग भन्न सकिँदैन ?’
‘ठूला ठूला पदमा भएकाले ‘हजूर’ भन्ने अनि अरुले चाहिँ ‘तँ’ भन्न मिल्छ ? जबसम्म तलकाले राम्रो व्यवहार गर्दैनन्, तबसम्म माथिकाले हजूर भनेर के काम ?’ उनले भनिन् ।
साथै आस्था राउतले भिडियो लाइभपछि फेसबुकमा पोस्ट लेख्दै आफू आवेगमा आएको र प्रशासनले व्यवहारमा सुधार गर्नु पर्ने बताएकी छिन् ।
























