चितवन विशेष
भरतपुरको ज्योतिनगरमा मोटरसाइकल र्याली

चितवन, पुस २६ –
भरतपुर महानगरपालिका–२६ धर्मचोक ज्योतिनगरमा रहेको युवा माध्यमिक विद्यालयमा सञ्चालन हुने महायज्ञको प्रचारप्रसारका लागि शनिबार वृहत् मोटरसाइकल ¥याली गरिएको छ ।
महायज्ञ मूल समारोह समितिका संयोजक नारायणप्रसाद ढकालले महायज्ञ प्रचार प्रसारका लागि शनिबार मोटरसाइकल ¥याली गरिएको बताए । विसं २०४१ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म अध्यापन भइरहेको छ । विद्यालय परिसरबाट सुरु भएको मोटरसाइकल ¥याली दिव्यनगर, पर्साढाप, ढेवौली, खयरघारी, सिमरीटाउन, मिलन चोक , चनौली हँुदै विद्यालय परिसरमा आएर समापन गरिएको महायज्ञ मोटरसाइकल र्याली व्यवस्थापन समितिका संयोजक ऋषि भण्डारीले बताए । ¥यालीमा १५० बढीको सहभागिता रहेको थियो । विद्यालयको भौतिक स्तरोन्नती ,जग्गा खरिद, प्राविधिक शिक्षा सञ्चालनलगायतका विभिन्न उदेश्य राखी सञ्चालन गर्न लागिएको महायज्ञ आगामि माघ ५ देखि १३ गतेसम्म विद्यालय परिसरमा गरिने यज्ञ मूल समारोह समितिका संयोजक नारायणप्रसाद ढकालले बताए ।
























