गण्डकी

तनहुँमा बस दुर्घटनाः १ जनाको मृत्यु, २५ घाइते, ४ को अवस्था चिन्ताजनक

Banner

दमौली,पुस २५ –

तनहुँको घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा शुक्रबार बस दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । दुर्घटनामा २५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले जानकारी दिए। सख्त घाइतेहरुलाई उपाचरका लागि पोखरा पठाइएको रेग्मीले बताए। अन्य घाइतेको भने भिमादका स्वास्थ्य क्लिनिकहरुमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>