देश/प्रदेश
विधेयक पढेको छैन भनेर हेप्नी !

काठमाडौं, पुस २४-
सरकार प्रवक्ता एवंम् सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाको एउटा भनाई निकै चर्चा बटुल्यो । उनले एउटा प्रसंगमा कुरा गर्दै सरकारलाई हेप्नी भन्दै प्रश्न गरेका थिए । उनको यो हेप्नी भन्ने भनाई निकै चर्चित बन्यो ।
यही भनाईलाई उल्लेख गर्दै नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले सञ्चारमन्त्रीलाई जवाफ दिएका छन् । संसदमा प्रस्तुत सूचना तथा प्रविधि विधेयकको विषयमा नेता थापाले सरकारलाई चुनौती दिँदै भनेः विधेयक पढेको छैन भनेर हेप्नी १
प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद थापाले सूचना प्रविधि विधेयकका शब्द शब्दमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न आफू तयार रहेको उल्लेख गरे ।
मन्त्री बाँस्कोटाले विधेयक नपढी बोलेको प्रतिक्रिया दिएको उल्लेख गर्दै थापाले थपे, ‘माननीय मन्त्रीजीले भन्नुभएछ यो विधेयक नपढी आयो। प्रत्येक दफा, शब्दशब्दमा छलफल गर्ने हो? तयार छु। नपढी आयो भनेर हेप्नी हामीलाई ?’
























