चितवन विशेष

भरतपुरको बाइपास रोडमा प्रहरीको पेट्रोल पम्प सञ्चालनमा

Banner

चितवन,पुस २०-

भरतपुर महानगरपालिका–२ स्थित बाइपास रोडमा नेपाल प्रहरीको पेट्रोल पम्पसञ्चालनमा आएको छ । नेपाल प्रहरीको कल्याण कोषले पेट्रोल पम्प सञ्चालनमा ल्याएको हो । पम्पको आज एक कार्यक्रमका विच जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक हरिभक्त प्रजापतीले उद्घाटन गरे ।

जुनियर प्रहरी अधिकृत शिक्षालयसँगै करीब छ कठ्ठा जमिनमा निर्माण गरिएको पम्प एक महिना अघिदेखि सञ्चालनमा आएको थियो । पम्प रु तीन करोड १७ लाख खर्च गरी निर्माण गरिएको हो । पम्पमा कार्यालय भवन, जेनेरेटर हाउस र सौचालय निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त प्रमुख डिएसपी एकनारायण काइरालाले जानकारी दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल बाहिनी मुख्यालय भण्डाराका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जिवी अधिकारी, प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख टेक बहादुर तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र पौडेल, नेकपा प्रदेश कमिटी सदस्य बद्रि तिमिल्सीना, काँग्रेस जिल्ला सचिव राजिव न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>