चितवन विशेष
चर्को आलोचनापछि एसपी मल्लले रवाना बुझे, आजै काठमाडौं फर्किदै
०

चितवन, पुस १८–
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले दरबन्दीका लागि रवाना बुझेका छन् ।
उनले आजै डिएसपीलाई चार्ज बुझाएर सरुवा भएको दरबन्दीका लागि रवाना लिएका हुन् । एसपी मल्ल आजै चितवनबाट काठमाडौं जाँदै छन्। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले एसपी मल्लले रवाना बुझ्ने प्रक्रियामा रहेको र आजै काठमाडौं फर्किन लागेको नारायणी अनलाइनलाई जानकारी दिए । स्रोतले भने एसपी मल्लले रवाना बुझि सकेको बताएको छ ।
सरुवा भएको दुई हप्तासम्म पनि जिल्ला नछाडेपछि एसपी मल्लको चर्को आलोचना भएको थियो। मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई सरूवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते उनको सरूवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























