चितवन विशेष

चितवन कान्दाका विद्यार्थीलाई न्यानो कपडा

Banner

चितवन, पुस १५-

चितवनको पहाडी इलाका कान्दामा रहेको कान्देश्वरी राष्ट्रिय अधारभूत विद्यालका बालबालिकालाई न्यानो कपडा सहयोग भएको छ ।

राप्ती नगरपालिकामा पर्ने उक्त विद्यालयमा पठनपाठन गर्र्ने १५० विद्यार्थीको लागि युवा समाजसेवी केदार आचार्यको पहलमा न्यानो कपडा तथा शैक्षिक सामग्री बितरण गरिएको हो । चार घण्टा पैदल हिडेर पुग्न सकिने उक्त स्थानमा रहेको विद्यालयमा समाजसेवी रञ्जित सेढाईको ५० हजार रुपैयाँ र समाजसेवी आचार्यको पहलमा संकलन गरिएको एक लाख ८० हजार रुपैयाँ बराबरको रकमले विद्यार्थीलाई न्यानो कपडासँगै शैक्षिक सामग्री सहयोग गरिएको हो । सामाजिक सञ्जाल मार्फत् उक्त स्थानका विद्यार्थीलाई न्यानो कपडा अभाव भएको थाहा पाएपछि समाजसेवी आचार्यले सहयोग गरेका हुन् । विकास निर्माणका सबालमा पछि परेको उक्त स्थानमा चार घण्टा पैदल हिडेर पुग्न सकिन्छ ।

कान्देश्वरी राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई लक्ष्मी प्रतिष्ठानले होस्टेलसहितको सुविधा दिएर पठनपाठन सञ्चालन गरिरहेको छ । आफ्ना दिबङ्गत दुई छोराको समझनामा विष्णु गौतमले सञ्चालन गरेको उक्त प्रतिष्ठानमा आवासीय सुविधा भएपछि उक्त स्थानका चेपाङ बालबालिलाई विद्यालयमा टिकाउन सकिएको विद्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>