चितवन विशेष

संकटमा सौराहाको टाँगा व्यवसाय,आधुनिक सवारीले गर्‍यो विस्थापन

Banner

चितवन,पुस १४-

चितवनको पर्यटकीय केन्द्र सौराहामा घोडाको टापको गुञ्जन अहिले बिरलै सुन्न सकिन्छ । टाँगा सौराहाको पुरानो सवारी साधन पनि थियो तर यसले आधुनिक सवारीसाधनसँग प्रतिस्पर्धा गर्न नसक्दा अहिले सौराहाबाट क्रमशः विस्थापित हुँदैछ । बाजेको पालादेखि टाँगा चलाउँदै आएका टाँगावालाहरू हिजोआज आफ्नो कमाइबाट घरखर्च पनि चलाउन गाह्रो भएको गुनासो गर्छन् ।

खैरहनी नगरपालिका–१३ का लालबहादुर तामाङले बिगत १६ वर्षदेखि सौराहामा ५४ वटाको हाराहारीमा टाँगाहरु रहेका थिए अहिले घटेर २२ वटा मात्र रहेको बताउँछन् । पहिले राजमार्गको सौराहा चोकदेखि सौराहा बजारसम्म करिब सात किलोमिटर टाँगा चलाउँदै आएका व्यवसायीले पछिल्लो समयमा र आम्दानी घटेर बिस्तारै विस्थापित भएको बताए ।

विगत १९ वर्षदेखि सौराहामा टाँगा चलाउँदै आएका सुन्दर लामिछानेले पहिले मासिक १५ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । व्यवसायीले ६ जनाको सिट रहेको टाँगामा विदेशी पर्यटकलाई १०० र नेपालीलाई ५० रुपैयाँ लिएर टाँडीबाट सौराहासम्म सेवा प्रदान गर्दै आएको सम्झना आइरहेछ । तर, अहिले सौराहाबाट रत्ननगर नगरपालिकाले सौराहामा फोहोर भएको र जनावरको अधिकार हनन भएको भन्दै सौराहा घुम्ने पर्यटकको पहिचान बोकेको टाँगा व्यवसाय एकादेशको कथा भएको गुनासो गरे ।

सौराहा आउने आन्तरिक तथा बाहृय पर्यटक प्रायः टाँगामा आवतजावत गर्न रुचाउँछन् । विगत सात वर्षदेखि टाँगा चलाउँदै आएका शुक्ला चौधरीले आफ्नो व्यवसायबाट धान्न घोडाको खानाका लागि दैनिक ४५० खर्च लाग्ने भए पनि पर्यटकको आगमन बढेसँगै दैनिक एक हजार रुपैयाँसम्म आम्दानी हुने गरेकोमा अहिले दैनिक ६०० मात्र भएको चौधरीको भनाइ छ ।

सौराहाका स्थानीय बासिन्दा रमेश अधिकारीले आफ्नो सहकारी संस्थाले टाँगा चलाउन नगरपालिकाले सरसफाइ र एनिमल राइट भनेर क्रमशः बिस्थापित गरेको हुनाले अटो रिक्साको लागि सहुलियतपूर्ण ऋणको सहयोग गरेको बताए । पहिले स्थानीय बासिन्दाले आउन जान टाँगा प्रयोग गर्थे अहिले अटो रिक्साको प्रयोग गरेको हुनाले परम्परागत पेसाको रुपमा रहेको यो पेसालाई संरक्षण गर्न नसक्दा समस्या भएको अधिकारीले बताए । पहिले सौराहामा ५० बढी टाँगा सञ्चालनमा रहेका थिए तर अहिले भने २२ वटामा सीमित भएको हुनाले परम्परागत पेसाको संरक्षण गर्दै स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पार्ने हो भने संरक्षण गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>