चितवन विशेष
राष्ट्रिय निकुञ्ज ऐन परिवर्तन आवश्यकः सांसद महतो

सुवास लामिछाने,
माडी, पुस १२-
चितवन राष्ट्टिय निकुञ्जको ऐन समायअनुकुल परिवर्तन गदै जानुपर्ने प्रदेश ३ सांसद रामलाद महतोले बताएका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल नयाँ बानेश्वर काठमाडाँैको आयोजनामा राष्ट्रिय निकुञ्जको संरक्षण र भौतिक पूर्वाधार विकाससम्बन्धी अदालतको फैसला विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महतोले वन्यजन्तु संरक्षणको पाटोलाई नजोडिएको बताए । साथै महतोले रिऊ करिडोर र मेसजाली लगाइएमा वन्यजन्तुको आक्रमणबाट केही भए पनि राहत मिल्ने बताए ।
पछिल्लो समय घाँसे मैदान हराउँदै गएको र वन्यजन्तु मानव वस्तीमा प्रवेश गरेको र आक्रमण बढेको समेत जानकारी दिए । वन मन्त्रालय, विभाग र निकुञ्जले गर्दा माडीको विकास हुन नसकेको माडी नगर प्रमुख ठाकुरप्रसाद ढकालले बताए । मानवको जिऊधनको रक्षामा ध्यान दिनुपर्ने ढकालले बताए । चितवन राष्ट्रिय निकुञ्जको मौजुदा ऐनले पारेको असर कम गर्नुपर्नेमा समेत ढकालले जोड दिए । नगरपालिकाले बाटो चाक्लो वा वाटो मर्मत गर्दा चितवन राष्ट्रिय निकुञ्जले व्यवहारिकरुपमा लागे माडी नगरपालिकाको विकास हुने बताए । चितवन राट्रिय निकुञ्जमा २४ सैं घण्टा यातायात सञ्चालन हुनुपर्ने ढकालले बताए ।
नगर प्रमुख ढकालले ऐन संशोधन नभए आमरण अनसनमा बस्ने कुरा समेत दोहा¥याएका छन् । मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणमा आफूहरु लगातार लागिरहने चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताए । राष्ट्रिय निकुञ्जभित्र नै जनावार राख्ने र मानव वस्तीमा प्रवेशमा कमी ल्याउनका लागि ७०० हेक्टरमा घाँसखेती गर्ने समेत भने । कार्यक्रममा माडी नगरउपप्रमुख ताराकुमारी काजी महतोले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।
माडी नगरपालिका नयाँ निर्माण भएका घरहरुमा वातावरणीय प्रभाव नपरोस् भनेर माडी नगरपालिकाले कम्तिमा दुई वटा विरुवा रोप्नुभनेर भनेको समेत बताए । कार्यक्रममा राष्ट्रिय निकुञ्जको संरक्षण र भौतिक पूर्वाधार विकाससम्बन्धी अदालतको फैसलासम्बन्धी उपभोक्ता हित संरक्षण मञ्च अध्यक्ष ज्योति बानियाले प्रकाश पारेका थिए । कार्यक्रममा माडी नगरपालिका प्रवक्ता एवम् माडी नगरपालिका ९ वडाअध्यक्ष शिवहरी सुवेदी, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) माडी नगर सचिव नारदमणि पौडेल, नेपाली कांग्रेस जिल्ला सदस्य शोभाखर चापागाईलगायतले निकुञ्जले पारेको असरको विषयमा धारणा राखेका थिए । उपभोक्ता हित संरक्षण मञ्च नेपाल केन्द्रीय सदस्य सूर्य बोहोराले स्वागत मन्त्वय राखेका थिए । कार्यक्रमको सञ्चालन उपभोक्ता हित संरक्षण मञ्च नेपाल केन्द्रीय सचिव भुवनप्रसाद निरौलाले गरेका थिए ।























