चितवन विशेष
भरतपुरको गणेशधाममा र्याफ्टिङ सरर (तस्विरमा)

नारायणी अनलाइन डेस्क
चितवन, पुस १२-
भरतपुर महानगरपालिका वडा नम्बर ११ मा निर्माणाधीन गणेशधाममा आज प्राविधिकसहितको एक टोलीले र्याफ्टिङ गरेको छ ।
१२ बिघा क्षेत्रफलमा बन्ने पोखरीको २० प्रतिशत काम सकिएपछि परीक्षणको लागि आज र्याफ्टिङ गरिएको हो । गणेश धाम संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले देवघाटबाट डुंगा ल्याएर ¥याफ्टिङ गरिएको बताए । उनले ऐतिहासिक पुंगी खोलामा आकर्षक तलाउ निर्माणको काम चलिरहेकोले यसको काम पूरा भएपछि ठूलो तालको रुप लिने बताए । र्याफ्टिङको लागि प्रदेश सांसद विजय सुवेदी, भरतपुर ११ का वडा अध्यक्ष बाबुराम अधिकारी, गणेश धाम संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष चुके, नेकपा वडा अध्यक्ष प्रकाश आचार्यलगायत पुगेका थिए ।
र्याफ्टिङको मजा लिएपछि चुकेले भने, ‘ र्याफ्टिङ ले निकै आनन्द दियो । धार्मिक पर्यटकीय हिसाबले आकर्षक पूर्वाधार निर्माण भइरहेको अनुभव भयो ।’




























