चितवन विशेष

चितवन निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा बाघ मृत फेला

Banner

चितवन,पुस १०-

चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको सामुदायीक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्ज अन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका ३ वेदघारी सामूदायिक वनमा आज बाघ मृत फेला परको हो ।

चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) नारायण रुपाखेतीले बाघ जुधेर मरेको प्रारम्भिक रिपोर्ट प्राप्त गरेको बताउनुभयो । उहाँले निकुञ्जबाट गएको चिकित्सक सहितको टोली बाघ कसरामा ल्याएको बताउनुभयो ।

घाँस काट्न गएका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘मृत अवस्थामा फेला परेको बाघको शरीरभरी नै घाउ छन्,’ रुपाखेतीले भन्नुभयो,‘व्यस्यक बाघहरु एक आपसमा जुधेर मृत्यु भएको हो कि भन्ने प्रारम्भीक अनुसन्धानको क्रममा खुलेको छ ।’
मृत अवस्थामा फेला परेको बाघ बस्तीदेखि झण्डै दुई किलोमिटर उत्तरतर्फको सामुदायिक वनमा मृत फेला परेको हो । मृत बाघको आज पोष्टमाटम गरिने निकुन्जले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>