कालिका

कालिकाको शमीपुुर स्कुलले माध्यमिक तहको पठनपाठन सञ्चालन गर्ने

Banner

 चितवन, पुस ७

चितवनकै नमुना विद्यालयको रुपमा विकसित हुँदै गएको राष्ट्रिय आधारभूत विद्यालय शमीपुरले आगामी वर्षदेखि माध्यमिक तहको पठन पाठन सञ्चालन गर्ने तयारी गरेको छ ।

कालिका नगरपालिकामा रहेको ३५ वटा सामुदायिक विद्यालयहरु मध्ये नमुना विद्यालयको रुपमा शमीपुर विद्यालयलाई लिने गरिएको छ । कालिका नगरपालिकाको वडा नं. १ मा रहेको शमीपुर विद्यालयमा हाल ८ सम्म पठनपाठन हुँदै आए पनि आगामी वर्षदेखि कक्षा ९ को पठनपाठन हुनेछ । विद्यालयले माध्यमिक तहको पठनपाठन सञ्चालनका लागि भवन निर्माणदेखि शिक्षक व्यवस्थापनमा विशेष ध्यान दिएको विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले जानकारी दिए ।

सामुदायिक विद्यालयहरु धमाधम मर्जहुने अवस्थामा पुगिरहेका बेला विद्यालयमा विद्यार्थी र अभिभावको चाप बढेका कारण विद्यालयले आधारभूत तहबाट माध्यमिक तहसम्म पठनपाठन गराउने तयारी थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर खड्काले बताए ।

अंग्रेजी माध्यमबाट पढाई हुँदै आएको यो विद्यालयलाई देशकै नमुना विद्यालयको रुपमा विकास गर्ने विद्यालय व्यवस्थापनको योजना छ । अहिले पनि चितवनका धेरै जसो ठाउँबाट विद्यालय अवलोकनका लागि शिक्षक, विद्यार्थीहरु शमीपुर स्कुल पुग्ने गरेका छन् । सामाजिक संघ संस्था देखि विभिन्न व्यक्तिले समेत विद्यालयको विकासका लागि हातेमालो गर्दै आएका छन् । आइतबार मात्रै विद्यालयमा स्व. ज्ञानकुमारी गुरुङको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।

२०७४ फागुन २८ गते बंगलादेशबाट काठमाण्डौं ल्याण्ड हुँदै गरेको विमान दुर्घटनमा परेर ज्यान गुमाएका ज्ञानकुमारी गुरुङको स्मृतिमा बुहारी राखीकुमारी मण्डलले एक लाख १११ रुपैयाँको अक्षयकोष स्थापना गरेकी हुन् । मण्डल सोही विद्यालयमा स्टाफनर्सको रुपमा कार्यरत छन् ।

वडा अध्यक्ष लिलाबहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी नारायण वाग्लेले सबैको सहयोगबाट मात्रै सामुदायिक विद्यालयले उन्नत शिक्षा दिन सक्ने बताए । शैक्षिक विकासका लागि सबैको हातेमालो आवश्यक रहेको भन्दै शिक्षा अधिकारी वाग्लले सरकारको उपस्थितिले मात्रै शिक्षाको विकास हुन नसक्ने स्पष्ट पारे ।

कार्यक्रममा चर्तुमुखी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पूर्ण पुरीले शमीपुर विद्यालयको प्रगति प्रशंसा गर्न लाएक रहेको बताए । कार्यक्रममा शमीपुर विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझी, गोलोब्ल भिजनका निर्देशक पूर्णबहादुर वाइबालगायतले बोलेका थिए । कार्यक्रम शमीपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर खड्काको अध्यक्षतामा आयोजना गरिएको थियो । यसैबीच चितवन नवलपुर राइसमिल समितिले संस्थाको स्थापना दिवसको अवसरमा विद्यालयमा अध्ययरत्त विद्यार्थीलाई स्टेशनरीका सामग्री वितरण गरेको छ । संस्थाको १९ औं स्थापना दिवसको अवसरमा २५ हजार रुपैयाँ मूल्य बराबरको स्टेशनरीका सामग्री वितरण गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>