चितवन विशेष

त्रिबेणी दुग्ध उत्पादक सहकारीले तीन दिन सम्म रजत महोत्सव मनाउने

Banner

चितवन पुस ६-

त्रिबेणी दुग्ध उत्पादक सहकारी संस्थाले तीन दिन सम्म विभिन्न कार्यक्रमहरु गरी रजत महोत्सव मनाउने भएको छ ।

भरतपुर ६ मा वि.स २०५० चैत्र २ गते स्थापना भएको यस सहकारीले रजत महोत्सवको पहिलो दिन पुस ८ गते अन्तर टोल विकास महिला हाजिरी जवाफ प्रतियोगीता , ९ गते बृह्त रक्तदान कार्यक्रम र ११ गते महोत्सव समापन हुने पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
हाजिरी जवाफ प्रतियोगीतामा धार्मिक र कृषि विषयवस्तुमा केन्द्रीत प्रश्नहरु सोधिने त्रिवेणी दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद देवकोटाले बताए।
सहकारी कै परिसरमा हुन लागेको रजत महोत्सवको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालबाट हुने छ भने समापन राष्ट्रिय दुग्ध विकास बोर्डका निमिक्त कार्यकारी निर्देशक बाबु काजी द्धारा हुने छ । दुग्ध जन्य वस्तुसंग सम्बन्धित उद्योग व्यवस्थापन गरी संचालन गर्ने स्वनिर्भर भन्ने उदेश्य लिएको त्रिबेणीले रजत महोत्सवका लागि १३ उपसमिति बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>