चितवन विशेष

राप्तीको प्लाई उद्योगमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आयो

०
Banner

चितवन, पुस ४–

पूर्वी चितवनको राप्ती नगरपालिका–६ पम्फा पुल नजिकै रहेको ओम शिव स–मिल एण्ड भेनियल उद्योग (प्लाइ उद्योग)मा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको छ ।

आज दिउँसो ३ः२५ बजे समयमा लागेको आगो अपरान्ह ५ः२० बजेको समयमा नियन्त्रणमा आएको चितवन प्रहरीले जनाएको छ ।

राम उप्रेतीको सो उद्योगमा अचानक बिजुली सर्ट भइ आगो लागेको प्रहरीले जनाएको छ । खैरहनी नगरपालिकाको दुई वटा र भरतपुर महानगरपालिकाको एउटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागिबाट के कति क्षति भयो भन्ने बारे एकीन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>