चितवन विशेष

भरतपुरको सिजी ल्यान्डमार्कमा खुल्यो अत्याधुनिक मल्टिप्लेक्स ‘सिनेप्लेक्स’

०
Banner

चितवन, पुस ४–

चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कको चौथो तल्लामा रहेको सिनेप्लेक्स नामबाट अत्याधुनिक सुविधा सम्पन्न मल्टिप्लेक्स (सिनेमा घर) सञ्चालनमा आएको छ । आज (शुक्रबार)बाट सिनेप्लेक्स सञ्चालनमा आएको हो ।

सिनेप्लेक्स सञ्चालक मध्येका एक कमल चौधरीले उक्त हल अत्याधुनिक सुविधा र प्रविधि सम्पन्न तथा विश्वस्तरको रहेको बताए । ‘यसले भरतपुरको सहरी मनोरञ्जनको परिभाषा पुन र्लेखन गर्नेछ, यस क्षेत्रमा नयाँ आयाम थप्नेछ,’ उनले भने, ‘यसले उपभोक्तालाई उच्चस्तरीय सन्तुष्टि प्रदान गर्ने हाम्रो विश्वास छ । त्यसका लागि हामीतर्फबाट भरपुर प्रयास हुनेछ ।’

सञ्चालक चौधरीकाअनुसार अत्याधुनिक प्रविधिमा बनेको हलमा दुईवटा स्क्रिन छन् । स्क्रिन १ मा १४३ र २ मा २१९ सिट रहेको चौधरीले जानकारी दिए । चितवन र आसपास क्षेत्रका सिनेप्रेमीलाई सिनेमा हेराइको उत्कृष्ट अनुभव दिलाउन उक्त हलमा सबभन्दा पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको उनले जानकारी दिए ।

यो हलमा जेबिएल साउन्ड सिस्टम जडान गरिएको छ । आरामदायी सिट लगायत हलमा उपलब्ध अन्य अत्याधुनिक सुविधाले सिनेप्रेमीलाई विशिष्ट अनुभव दिलाउने सञ्चालकहरुको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>