देश/प्रदेश

चिसोबाट प्रभावितलाई सिरक

Banner

लहान,  पुस ४-
विगत केही दिनयता बढेको चसोबाट प्रभावित सिरहाको सुखीपुर नगरपालिका–४ कबिलासीका वृद्धवृद्धा, अपाङ्गतामहिलालाई सिरक वितरण गरिएको छ ।

वडा कार्यालयमा बिहीबार आयोजित सिरक वितरण कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादव र सुखीपुर नगरपालिकाका प्रमु भएका तथा एकल ख रामअवतार यादवले संयुक्त रुपमा कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका र एकल महिलागरी १६० जनालाई जाडोबाट जोगिन सिरक वितरण गर्नुभयो । एउटा सिरकको मूल्य रु एक हजार २०० पर्ने बताइएको छ ।

चोरी मुद्दाका फरार अभियुक्त दुई पक्राउ
हातहतियार खरखजाना तथा चोरी मद्दामा फरार दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले हातहतियार तथा खरखजाना मुद्दामा फरार सिरहा नगरपालिका २१ का २८ वर्षीय रामपृत पासवानलाई पक्राउ गरेको हो ।

सिरहा नगरपालिका–१२ लकडिगोठमा लुकीछिपी बसिरहेका बेला पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा फरार सिरहा नगरपालिका–२२ का २१ वर्षीय पप्पुकुमार यादवलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>