खेलकुद
१७ वर्षपछि एल क्लासिको बराबरीमा
०

काठमाडौं, पुस ३–
स्पानिस ला लिगाअन्तर्गत सिजनको पहिलो एल क्लासिको बराबरीमा सकिएको छ ।
उपाधि होडमा निर्णायक मानिएको बार्सिलोना र रियल मड्रिडबीच भएको खेल गोलरहित बराबरीमा सकिएको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भएका हुन् । ७१ औं मिनेटमा रियलका गारेथ बेलले गोल गरे पनि अफसाइड घोषित भएको थियो ।
सन् २००२ यता एल क्लासिकोमा गोल हुन नसकेको यो पहिलो खेल हो । ला लिगामा एल क्लासिको खेल बराबरीमा सकिएको यो ३५ औं पटक हो । ला लिगामा कूल १७९ एल क्लासिको खेल हुँदा दुवै क्लबले समान ७२ जित हात पारेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























