गण्डकी

देवघाटमा सवारी चेकजाँचमा कडाई

Banner

देवघाट, पुस २–

देवघाट गाउँपालिका वडा नम्बर ५ को विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिएको छ।

नेपालको धार्मिक स्थान भनेर देश विदेशमा परिचित देवघाटधाममा पछिल्लो समय सवारी साधनको संख्यामा वृद्धि भएसंगै चेकजाँचमा कडाई गरिएको हो । सवारीसंगै जनघनत्व पनि बढ्दै गएकोले दुर्घटना न्यूनीकरणका लागि चेकजाँचमा कडाई गरिएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ ।

कार्यालयले ट्राफिक सचेतना मुलक कार्यक्रमसंगै प्रहरी साझेदारी कार्यक्रम पनि संचालन गर्दै आइरहेको ईलाका प्रहरी देवघाटका इन्चार्ज एकनारायण आचार्यले बताए। देवघाटमा एक जना ट्राफिक आएसंगै चेकजाँचलाई तीव्रता दिइएको छ । देवघाटको देवपुर चोक,टाउन चोक,पुलको मुख र घिनटार चोकमा चेकजाँच सुरु छ ।

चेकजाँचमा ट्याक्टर, अटो र मोटरसाइकल गरी ६ वटा सवारी साधन कारबाहीमा परेका थिए। जसबाट करिब ६ हजार बराबरको राजस्व संकलन गरिएको छ। २० वटा भन्दा बढी सवारी साधनलाई सम्झाई बुझाई गरि छाडिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>