अन्तर्राष्ट्रिय

विश्वचर्चित फोब्र्सले लेख्योः घुम्नै पर्ने देशमा नेपाल नम्बर वान

Banner

वाशिङटन, पुृस १–

नेपालमा यतिबेला भ्रमण वर्ष २०२० तयारी भव्य चलिरहेको छ । यही बेलामा विश्व चर्चित अमेरिकी विजनेश म्यागेजिन फोर्ब्समा एकजना लेखकले आगामी दशकमा विश्वका भ्रमण गर्नुपर्ने ‘टप टेन’ मुलुकको बारेमा एक आलेख लेखेका छन् ।

११ डिसेम्बर २०१९ मा प्रकाशित क्याथेरिन पार्कर माग्यारको सो आलेखमा नेपाललाई भ्रमणको १ नम्बर सूचीमा राखिएको छ ।

नेपालको बारेमा चर्चा गर्दै जंगल सफारी र हिमालयमा प्राइभेट ट्रेकिङ्गको महत्व दर्शाइएको छ । नेपालमा विश्वकै उच्च शिखर सगरमाथा रहेको प्रसंगसमेत उनले त्यसमा उल्लेख गरेकी छन् ।

त्यसपछि उनले इक्वेडर, न्यूजील्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालाई पनि सूचीमा पारेकी छन् । उनको आलेखमा नेपालसमेत १० गन्तव्य छानिएकोलाई अर्को दशकका लागि ‘टेन बकेट लिस्ट’ को रुपमा उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>