चितवन विशेष

‘पद्मिनी’ ब्राण्डको नयाँ मसला बजारमा

Banner

चितवन, मंसिर ३०-

मालिका फुड्स प्रालिले ‘पद्मिनी’ ब्राण्डको मसला बजारमा ल्याएको छ । चितवनको भरतपुरबाट करिब ६ वर्ष देखि उत्पादन सुरु गरेको मालिका फुड्सले नयाँ ब्राण्ड बिस्तार गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक चुडामणी ढकालले बजारमा स्तरीय मसलाको बढ्दो मागलाई मध्यनजर गर्दै नयाँ ब्राण्ड पनि सुरु गरिएको जानकारी दिए । यसअघि मालिका फुड्सले ‘पूर्णिमा’ ब्राण्डका मसलाको उत्पादन तथा बिक्री बितरण गर्दै आएको थियो । प्रबन्ध निर्देशक ढकालले ५५ प्रकारका मसलाहरु उत्पादन गरेर बिक्री गर्दै आएको जानकारी दिए । मिक्स मसला, मिट मसला, गरम मसला, मःमः मसला, माछा मसला, चाउमिन मसला, चाट मसला, पानी पुरी मसला, सब्जी मसला, बेसार, खुर्सानी, कसुरी मेथी, जिरा, धनियाँलगायतका मसलाहरु यहाँबाट उत्पादन हुँदै आएको छ ।

मालिका फुड्स प्रालिका अध्यक्ष गौरीश्वर सापकोटाले हाल करिब डेढ सय डिलरहरुमार्फत देशभर मसलाको बिक्री बितरण गर्दै आएको जानकारी दिए । “४ दर्जन भन्दा बढी व्यक्ति लाई हामीले प्रत्यक्ष रोजगारी दिएका छौं”, उनले भने, “खाद्य बस्तुको उत्पादनमा विदेशीको भर पर्नु नपरोस् भनेर हामीले उत्पादनको मात्रा तथा ब्राण्ड बिस्तार गर्दै लगेका छौं ।” उनले मसलाको गुणस्तर कायम गर्न कम्पनीले कुनै कसर बाँकी नराखेको बताए । मालिका फुड्सले आफ्ना सबै उत्पादन खिया रहीत प्रबिधिबाट गरिरहेको उनले बताए ।

पद्मिनी ब्रण्डबाट अहिले ४०, २ सय र ५ सय ग्रामको प्याकेटमा मसला, बेसार र खुर्सानीको उत्पादन भइरहेको छ । साथै चिकेन र मिट मसला पनि यस ब्राण्डबाट उत्पादन भएको ढकालले जानकारी दिए ।

नेपालमै उत्पादन हुने बेसार, अदुवा, तेजपत्तालगायतका बस्तुको खरिदगरी कृषकलाई प्रोत्साहन गर्दै आएको सञ्चालक प्रा.डा.हरीहर पौडेलले बताए । “मसलाका लागि अति आवश्यक केही बस्तु स्वदेशमा नपाइने भएका कारण विदेशबाट आयात गर्नुपर्ने बाध्यता पनि छ”, उनले भने, “तर हामी स्वदेशी उत्पादनकै प्रयोग बढाउँदै स्तरीय उत्पादन उपभोक्ता समक्ष पुर्‍याउन लागिपरेका छौं ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>