चितवन विशेष

राप्तीको परेवाकोटका १६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

Banner

राप्ती,मंसिर ३०-

चितवनको राप्तीका १६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राष्ट्रिय आधारभूत विद्यालय परेवाकोटका १६० जना विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरिएको हो । प्रदेश नम्वर ३ का मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलियाले एक कार्यक्रमका विच स्वीटर वितरण गर्नुभयो ।

थपलियाको पहलमा सेन्चुरी बैंकले सो विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आस्मान चेपाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक लक्ष्मी ओलीले व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सेन्चुरी बैंक भण्डाराका प्रबन्ध निर्देशक कृष्ण अधिकारी, राप्ती नगरपालिका वडा नम्वर १ का वडा सदस्य मोचनलाल थिङ,सिखर हरियाली सामुदायीक वनका अध्यक्ष केदार आचार्य,शिक्षक अभिभावक संघका अध्यक्ष पार्वती लामा,विद्यालय व्यवस्थापन समितिका भूतपूर्व अध्यक्ष गोपिलाल स्याङताङ,धनबहादुर चेपाङ,अनेरास्ववियू चितवनका जिल्ला सदस्य प्रकाश कालाखेती,लियो चितवन विरेन्द्रनगरका अध्यक्ष दिपेन्द्र अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>