चितवन विशेष

चितवनमा वर्षाले दुई करोडको इँटा बिगार्‍यो

Banner

चितवन, मंसिर ३०

दुई दिन परेको सिमसिमे पानीले यहाँ पोल्न ठिक्क पारिएका काँचो इँटामा क्षति पगेको छ । जिल्लामा १८ वटा इँटा भट्टा छन् ।

नेपाल इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार केही उद्योगले इँटा बनाएर सुकाएका थिए भने केहीले पोल्न भट्टीमा राखेका थिए । त्यसै समयमा पानी परेपछि इँटा बिग्रिएको हो । काँचो माटोमा पाँगो मिसिएकाले माटोसमेत पुनः प्रयोगमा नआउने उनले बताए ।

पानीका कारण कम्तीमा रु दुई करोड नोक्सान भएको सापकोटाको भनाइ थियो । बल्ल तल्ल जुटाएको माटो र मजदूर फेरि जुटाउनुपर्ने उनको भनाइ छ । नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहेका सापकोटाले पानीले चितवनदेखि पश्चिमतर्फका जिल्लामा रहेका इँटा भट्टामा नोक्सान पु¥याएको जानकारी दिए। नेपालमा एक हजार २५० हाराहारी इँटा उद्योग छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>